महिला लघुवित्तको लाभांश परिमार्जन, अब ​बोनस र नगद कति ?

काठमाडौं, ५ कात्तिक । महिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषण गरेको लाभांश परिमार्जन गरेको छ ।

राष्ट्र बैंकले निर्देशन दिए अनुसार कम्पनीले बोनस दर बढाएर नगद लाभांशको दर घटाएको हो ।

कम्पनीले अब ४७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.५ प्रतिशत नगद लाभांश गरि कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसअघि योग्य मुनाफाबाट शेयरधनीलाई ४५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।

लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन्।

हाल १० करोड चुक्ता पूँजी रहेको लघुवित्तको बोनस वितरणपछि चुक्ता पूँजी १४ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here