तीनै सुरक्षा निकायलाई गृह मन्त्री खाणको निर्देशन -‘कसैले कसैलाई ‘तँ’ नभन्नू’

काठमाडौं, ५ कात्तिक । गृह मन्त्री बालकृष्ण खाणले तीनै सुरक्षा निकायलाई जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कसैले पनि कसैलाई ‘तँ’ भनेर सम्बोधन नगर्न गृह मन्त्री खाणले निर्देशन दिएका हुन् ।

कार्यक्रममा उनले भने, ‘अब संगठनमा कसैले कसैलाई ‘तँ’ भन्न मिल्दैन । ‘सम्मानार्थी’ शब्द प्रयोग गर्नुपर्छ।

संगठनको छवि बाहिर राम्रो बनाउन र सम्मानसहितको सेवा सञ्चालन गर्न पहिलो संगठनभित्र एकले अर्कालाई सम्मान गर्नुपर्ने भन्दै सुरक्षा निकायले ‘सम्मानार्थी’ शब्दको प्रयोग गरेर त्यसको सुरुवात गर्ने तयारी भएको हो। अब संगठनमा कसैले कसैलाई ‘तँ’ भन्न पाइने छैन।

मन्त्रीले निर्देशन दिने कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनालको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here