अर्को सातादेखि बालबालिकाका लागि कोभिड खोप अभियान, ५ देखि ११ वर्षका लागि प्रभावकारी

काठमाडौं, ६ कात्तिक । कोरोना भाइरसविरुद्धको फाइजर खोप ५ देखि ११ वर्षका बालबालिकाका लागि सुरक्षित भएको दाबी गरिएको छ।

फाइजरले शुक्रबार आफ्नो खोपको परीक्षण नतिजा सार्वजनिक गर्दै ९०.७ प्रतिशत प्रभावकारी रहेको जनाएको हो।

फाइजर र उसको जर्मन साझेदार बायोएनटेकले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । खोपले सो उमेर समूहका बालबालिकाहरुमा पनि पर्याप्त मात्रा एन्टिबडी उत्पादन गरेको बताइएको छ ।

कम्पनीले खाद्य तथा औषधि प्रशासनले परीक्षण तथ्यांकको अध्ययन गरेर चाँडै नतिजा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

एफडीएको अध्ययनपछि सम्भवतः अर्को सातादेखि बालबालिकाका लागि नयाँ खोप अभियान सुरु गरिने अपेक्षा गरिएको छ।

कम्पनीले यो खोप ५ वर्षदेखि ११ वर्षका बालबालिकाहरुमा प्रयोग गर्ने अनुमति खोज्दै छिट्टै अमेरिकी नियामक निकाय समक्ष आवेदन दिंदैछ ।

कोरोना भारसको संक्रमणलाई रोक्न प्रभावकारी रहेको बताइएको यो खोपलाई प्रयोगको अनुमित दिने बाटो खुलेको छ। फाइजर र यसको साझेदार बायोएनटेकले शुक्रबार अमेरिकाको खाद्य तथा औषधि प्रशासनलाई आफ्नो रिपोर्ट बुझाएको थियो।

विद्यालय विस्तारै खुल्न थालेको र कोरोना भाइरसको संक्रामक डेल्टा भ्यारिएन्टको बिगबिगीका कारण शिशु तथा बालबालिकाहरुमा संक्रामण उच्च दरमा बढेको छ ।

यस्तोमा १२ वर्ष भन्दाकम उमेरका बालबालिकामा खोपको प्रयोग संक्रमण फैलिन नदिन प्रभावकारी औजार हुने देखिएको छ ।

तर यस उमेरका बालबालिकाहरुलाई अहिले युवा तथा वयस्कहरुलाई दिइरहेको खोपको एक तिहाई मात्रै लगाइनेछ । मात्रा कम भएपनि उनीहरुमा खोपको दुबै लगाएपछि किशोर किशोरी र युवा तथा वयस्कहरुको शरीरमा उन्पन्न भएको जत्तिकै एन्टिबडी पाइएको छ ।

यो खोपले प्रयोगको अनुमति पाएसँगै अमेरिकाका करिब २८ मिलियन योग्य बालबालिकाले नोभेम्बर पहिलो सातामा पहिलो डोज खोप पाउने बताइएको छ। यसअघि १८ वर्षदेखि माथिका मानिसहरुलाई यो खोप लगाइएको थियो। एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here