बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै, यी कुरामा ख्याल गरौँ

फाइलफोटो

काठमाडौं, ७ कात्तिक । देशभरका ५ वर्षसम्मका बालबालिकालाई आइतवार र सोमवार भिटामिन ‘ए’ र जुकाको औषधिका साथै बालभिटा खुवाइँदैछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक ७ र ८ गते गते देशभर भिटामिन भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरेको हो ।

दशैंका कारण कात्तिक २ र ३ गतेका लागि तय भएको कार्यक्रमको मिति सारिएको हो।

यस अभियान अन्तर्गत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइने जनाइएको छ ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तरगर्त सरकारले ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, १ देखि ५ बर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम लागू भएका जिल्लाहरुमा वितरण गर्दै आएको छ।

यही कार्यक्रमअन्तर्गत १५ बहुसूक्ष्म पोषण तत्वले बनेको बालभिटा ६ महिनादेखि २३ महिनाका बालबालिकालाई खुवाउने गरिन्छ।

बालभिटा २०६६ सालदेखि बालबालिकालाई खुवाउन थालिएको हो। कोरोना भाइरसको जोखिम भएकोले कसैमा संक्रमण भएको छ भने अरुमा नफैलियोस् भनेर दूरी कायम गर्न आग्रह गरिएको छ ।

भिटामिन खुवाउने स्वास्थ्यकर्मीले अनिवार्य रुपमा सर्जिकल मास्क लगाउन, बेलाबेला साबुन पानीले हात धुन वा सेनिटाइजरको प्रयोग अनिर्वाय गरिएको छ ।

कुनै बालबालिकामा ज्वरो आउने, खोकी लाग्नेलगायतका लक्षण देखिएको छ कि भनेर ध्यान दिन पनि आग्रह गरिएको छ ।

नजिकैको स्वास्थ्य सस्थामा वा तोकिएको केन्द्रमा जाँदा अभिभावकले पनि दूरी कायम गर्नेदेखि लिएर सबै सावधानी अपनाउन आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here