जागिरको खोजिमा हुनुहुन्छ ? सेनाले माग्यो विभिन्न निकायमा कर्मचारी (सूचनासहित)

काठमाडौं, ७ कात्तिक । नेपाली सेनाले विभिन्न निकायहरुमा रिक्त रहेका पदहरुमा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

आइतबार सैनिक कल्याणकारी महानिर्देशनालयले सूचना निकालेर कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायहरुमा करार सेवामा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।

सेनाले कल्याणकारी कोष अन्तर्गत अस्पताल, विद्यालय, पेट्रोलपम्प लगायत सञ्चालन गर्दै आएको छ ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र महानिर्देशनालय, जंगी अड्डा र सम्बन्धित महाविद्यालय तथा विद्यालयका साथै सैनिक अस्पतालहरुमा दरखास्त दिन सक्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here