डिसहोम फाइबर नेटको ४० एमबीपीएस जडानमा आईपीटीभी सित्तैमा

काठमाडौं । डिसहोम फाइबर नेटको ४० एमबीपीएस जडान गर्नेले आईपीटीभी सित्तैमा पाउने भएका छन् ।

‘काईदाको फाइबर नेटमा फाईदाको आईपीटीभी’ योजना अन्तरगत ४० एमबीपीएसको सेवा लिने नयाँ ग्राहकहरूले वार्षिक भुक्तानीमा आईपीटीभी सित्तैमा पाउने कम्पनीले जनाएको छ ।

डिसहोम फाइबर नेटको ४० एमबीपीएसको एक वर्षको लागि ग्राहकले भ्याटबाहेक १२ हजार ९ सय ९९ तिर्नुपर्छ । ग्राहकले यसबापत इन्टरनेट र आईपीटीभीको वार्षिक सदस्यताका साथै आवश्यक ड्रप वायर, राउटर, सेटअप र जडान सेवा निःशुल्क पाउनेछन् ।

डिसहोम फाइबर नेटले यसअघि नै १०० एमबीपीएसको इन्टरनेट ८ सय ९९ मा उपलब्ध गराइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here