दोहोरो अंकले बढ्यो नेप्से, धेरै कमाउनेमा फाइनान्सका लगानीकर्ता

काठमाडौं, ७ कात्तिक । साताको कारोबार पहिलोदिन शेयर बजारमा हरियाली छाएको छ ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.५१ अंकले बढेर २५८४.५३ विन्दुमा पुगेर बजार बन्द भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२५ कम्पनीको २ अर्ब ७७ करोड ३४ लाख २० हजार १३४ रुपैयाँ बराबरको ५८ लाख १८ हजार २५ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूह मध्ये १२ वटाको परिसूचक हरियो भएको छ । नेप्सेमा कारोबार हुने व्यापार समूह ३२ दशमलव ४७ अंकले घटेको छ । धेरै कमाउनेमा फाइनान्सका लगानीकर्ता रहेका छन् ।

बैंकिङ समूहको शेयर ६ अङ्कले, विकास बैंकको ७२, होटलको ४३ फाइनान्सको ८९ ,माइक्रोफाइनान्सको ५३ र जलविद्युत् समूहको शेयर ६५ अङ्कले बढेको छ ।

यस्तै उत्पादन समूहको शेयर एक सय ५ अङ्कले, जीवन बीमा समूहको ६७ अङ्कले, निर्जीवन बीमा समूहको ३९ र अन्य समूहको शेयर ५५ अङ्कले बढेको छ ।

आइतबार दुई कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । पोजेटिभ सर्किट लाग्ने कम्पनीहरुमा बेस्ट फाइनान्स कम्पनी र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् ।

नेप्सेका अनुसार आज मेरो माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी आइसीएफसी फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको आज १५ करोड ९१ लाख भन्दा बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here