काठमाडौं आइपुग्यो १२ वर्ष माथिकालाई लगाउन मिल्ने कोरोना खोप

काठमाडौं, ८ कात्तिक । नेपालमा पहिलोपल्ट १२ वर्ष उमेर समूह माथिका बालबालिकालाई लगाउन मिल्ने कोरोनाविरूद्धको खोप आइपुगेको छ।

कोभ्याक्स सुविधाअन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) मार्फत अमेरिकाले अनुदानमा दिएको फाइजर खोप सोमबार बिहान कतार एअरवेजको विमानमार्फत् काठमाडौंआइपुगेको हो।

यसअघि एस्ट्राजेनेका–कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप नेपालमा लगाइएको थियो।

दुई मात्रा लगाउनुपर्ने फाइजर खोप १२ वर्षमाथिका र दीर्घ रोगीले पनि लगाउन मिल्छ। यसको प्रभावकारिता ९५ प्रतिशत छ।

थोरै मात्रा आएकाले अहिलेलाई फाइजर खोप दीर्घ रोगीलाई दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो खोप कात्तिक २८ गतेबाट लगाउन सुरू गरिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here