थप ७७६ जनामा कोरोना पुष्टी, १३ जना संक्रमितको निधन

काठमाडौं, ८ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ७७६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २८४ जनाको पीसीआर परीक्षण गर्दा ६७३ जना र २५८० जनाको एन्टिजेन परीक्षण गर्दा १०३ जना गरी ७७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९ हजार ७२९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५०१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ८८ हजार ८ पुगेको छ । संक्रिय संक्रमितको संख्या १० हजार ३६० रहेको छ ।

पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ३ सय ६१ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here