काठमाडौं, ८ कात्तिक । चालू आर्थिक वर्षको दुई महिना ६ खर्ब ४८ अर्ब को अन्तर–बैंक कारोबार भएको छ ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको दुई महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको तथ्यांक अुनसार साउन र भदौमा वाणिज्य बैंकहरुको रु.५ खर्ब ५७ अर्ब ३० करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीचबाहेक) को रु.९१ अर्ब १ करोड गरी कुल रु.६ खर्ब ४८ अर्ब ३१ करोडको अन्तर–बैंक कारोबार भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको रु.७ अर्ब ३८ करोड र अन्य वित्तीय संस्थाहरुको रु.३० अर्ब २४ करोड गरी कुल रु.३७ अर्ब ६२ करोड अन्तर बैंक कारोबार भएको थियो ।