विदेशी मुद्राको भाउ सामान्य घटबढ

काठमाडौं, ९ कात्तिक । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १२० रुपैयाँ ४३ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८६ पैसा तोकिएको छ भने बिक्रीदर २९.०१ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९७ रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रीदर ३९९ रुपैयाँ ४० पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ९१ पैसा तोकिएको छ भने बिक्रीदर ३३ रुपैयाँ ८ पैसा तोकिएको छ ।

एक बहराईन दिनारको खरिददर ३ सय १७ रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १९ रुपैयाँ४४ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here