फेरी उकालो लाग्यो सेयर बजार, साढे ६ अर्बको कारोवार

काठमाडौं, ९ कात्तिक । साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार उकालो लागेको छ । आज सेयर बजार ७८ दशमलव २८ अंकले बढेर २७५१ दशमलव०७ अंकमा पुगी बन्द भएको हो ।

सो दिन ६ अर्व ३१ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । २ सय २७ कम्पनीको १ करोड १४ लाख ८६ हजार कित्ता सेयर कारोवार भएको हो ।

मंगलबार जीवन वीमा समुहका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । सो दिन निर्जीवन वीमा समुह ३१७, जीवन वीमा ४९९, विकास बैंक १८९, उत्पादन १७४ अंकले बढेको छ ।

होटल तथा पर्यटन २३२ अंक, विकास बैंक १८५ अंक, उत्पादन समूह १७४ अंक, फाइनान्स समूह १३६ अंक र जलविद्युत समूह १२३ अंक बढेको छ।
कारोबारमा आएका मध्ये ६ कम्पनीको मूल्य घटेको छ।

दुई कम्पनीको मूल्य स्थिर छ भने बाँकी सबै कम्पनीको मूल्य बढेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here