नेपालमा लगानी भित्राउन लगानी बोर्ड र महासंघले संयुक्त प्रयास गर्ने

९ कात्ति, काठमाडौं । नेपालमा नेपालमा गुणस्तरिय लगानी भित्राउन लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा पहल गर्ने भएका छन् । मंगलबार बोर्डमा आयोजित छलफलमा यस्तो सहमती जुटेको बोर्डका सीइओ सुशील भट्टले जानकारी दिए । उनका अनुसार नेपालमा गुणस्तरीय लगानी भित्राई नेपाल सरकारले लिएको “समृद् नेपाल, सुखि नेपालीको” आकांक्षालाई पुरा गर्न नेपाल सरकार र निजी क्षेत्र दुवैले संयुक्त प्रयास गर्नुपर्ने विषय जोड दिइएको छ ।

कुनै पनि परियोजनालाई अघि बढाउँनुपुर्व त्यसका प्राविधिक, वातावरणिय र वित्तिय अवस्थाको बारेमा गहिरो अध्ययन आवश्यक हुन्छ भन्ने विषयमा समेत दुबै पक्ष सहमत भएका छन् । नेपाल उधोग वाणिज्य महासंघका अध्यक्षसहितको टोली छलफलका लागि मगलबार बोर्डमा पुगेको थियो । भट्टका अनुसार विदेशी लगानी आकर्षित गर्न लगानी बोर्ड र महासंघको सहकार्यलाई थप मजवुत बनाइ दुवै निकाय संयुक्त रुपमा अघि बढ्ने सहमति सो अवसरमा भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here