चीनबाट आयो थप १० लाख २० हजार डोज भेरोसेल

काठमाडौं, १० कात्तिक । चीनबाट थप १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । कोरोना विरुद्धको चिनीयाँ भेरोसेल खोप बुधबार नेपाल आइपुगेको हो । चिनियाँ खोप कोभ्याक्ससँगको लागत सेयरिङ योजना अन्तर्गतको रहेको हो ।

सरकारले कोभ्याक्ससँग लागत सेयरिंग अन्तर्गत ५९ लाख ३६ हजार डोज भेरोसेल खोप खरिद गर्ने सम्झौता गरेकोमा आज १० लाख २० हजार डोज खोप काठमाडौँ आइपुगेको बताएको छ ।

चीनबाट हालसम्म अनुदान र खरिद गरेर १ करोड २० लाख डोज भेरोसेल खोप आइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here