सुन र चाँदी दुबैको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

कात्तिक १०, काठमाडौं । बुधबार नेपाली बजारमा सुन र चाँदी दुबै धातुको मूल्य घटेको छ ।

छापावाल र तेजाबी सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्दा चाँदी भने तोलामा १५ रुपैयाँले घटेको हो । बुधबार छापावाल सुनको प्रतितोला मूल्य ९२ हजार रुपैयाँ छ ।

मंगलबार ९२ हजार ६ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो । बुधबार तेजाबी सुनको प्रतितोला मूल्य ९१ हजार ५ सय रुपैयाँमा झरेको छ ।

यस्तै चाँदीको प्रतितोला कारोबार मूल्य बुधबारका लागि १२ सय ५० रुपैयाँ तोकिएको छ । मंगलबार १ हजार २ सय ६५ रुपैयाँमा चाँदीको कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहे र तिहारको सिजनमा सुनको मूल्य भने बढ्ने प्रक्षेपण रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here