बुधबार पनि बढ्यो सेयर बजार, धेरै कमाउनेमा जीवन वीमाका लगानीकर्ता

कात्तिक १०, काठमाडौं । साताको पहिलो दिन देखि लगातार उकालो लागेको सेयर बजार आज पनि बढेको छ । बुधबार नेप्से परिसुचक १८ अंकले उकालो लागेको हो । सेयर बजार ६ अर्व ६१ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सो दिन २ सय२८ कम्पनीको १ करोड १५ लाख कित्ता सेयर कारोवार भएको हो ।

जीवन वीमा, समुहका लगानीकर्ताले सबैभन्दा बढी कमाए । वीमा समुह ३१७ अंकले, निर्जीवन वीमा १७८, ट्रेडिङ समुह २३ दशमलव ४६ र अन्य २२ दशमलव ८१ अंकले बढेको छ । यता विकाश बैंक, होटल, जलविद्युत तथा उत्पादन समुह भने ओरालो लागेको छ । बुधबार बेष्ट फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाए । सो कम्पनीको सेयर मूल्य ५८० पुगेको छ ।

त्यस्तै एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, मानुषी लघुवित्त वित्तीय संस्था र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीसमेत बढी कमाउने कम्पनीमा परे । बुधबार सबैभन्दा बढी कारोबार नबिल बैंकको भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here