फाइजरको खोप ५ वर्ष भन्दा माथिका बालबालिकालाई लगाउन मिल्ने, अमेरिकी विज्ञले गरे सिफारिस

कात्तिक १०, काठमाडौं । अमेरिकी सरकारको एक प्यानलले फाइजर बायोएनटेक खोप ५ देखि ११ वर्षका बालबालिकालाई दिन सकिने गरि सिफारिस गरेको छ।

बीबीसीका अनुसार त्यहाँको खाद्य तथा औषधिसम्बन्धी प्रशासन ९एफडिए० का विज्ञहरूले मङ्गलवार उक्त कदमको समर्थन गरेपछि केही साताभित्रै अनुमति दिने बाटो खुलेको हो।

सेप्टेम्बरमा, खोप निर्माता कम्पनीले परीक्षणबाट उक्त उमेर समूहका बालबालिकाका लागि खोप सुरक्षित रहेको देखाएको जनाएको थियो। अमेरिकाले उक्त खोप १२ वर्षमाथिकालाई यसअघि नै दिन थालेको हो।

हालैको यो निर्णयले २ करोड २० लाख अमेरिकी बालबालिका लाभान्वित हुनेछन्। अब उक्त निर्णय कार्यान्वयनमा आउन एफडिए र सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ९सीडीसी० ले थप अनुमति दिनुपर्छ। ती निकायले नोभेम्बर २ तारिखमा त्यस्तो अनुमति दिने ठानिएको छ जसको अर्थ खोप लगाउन त्यसकै भोलिपल्टबाट सुरु हुनसक्छ।

एफडिएका विज्ञहरूको टोलीले खोप लगाउनुको फाइदा त्यसले निम्त्याउनसक्ने अन्य स्वास्थ्य खतराभन्दा बढी हुने भन्दै त्यसप्रति आफूहरू प्रतिबद्ध रहेको बताएका छन्।

कम्पनीको परीक्षण विवरण गत सेप्टेम्बरमा नियामकहरूलाई पठाउँदा उनीहरूले उक्त उमेर समूहमा खोपले राम्रो प्रतिक्रिया देखाएको जनाएका थिए। ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई वयस्कलाई दिइएको खोपको एक तिहाइ मात्रा दिइनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here