चाडवाडले बढायो सुनको विक्री, व्यवसायीहरुमा छायो उत्साह

कात्तिक १०, काठमाडौं । तिहार तथा विवाहको सिजन नजिकिदै गर्दा नेपाली बजारमा सुनको व्यापारमा बृद्धि भएको छ । तिहारका धन्तेरसका लागी सुन तथा चाँदी किन्ने प्रचलन रहेकोले गर्दा पनि यो समयमा तुलनात्मक रुपमा सुनको व्यापार बढी नै हुन्छ् । तिहार तथा मंसिरको बेलामा दैनिक ३० देखि ४० किलोसम्म सुन विक्री हुने नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यसो त तिज पनि सुनचाँदी बढी विक्री हुने सिजन हो । तिजमा दैनिक ४० केजीसम्म सुन विक्री भएको थियो ।

कोरोना महामारीबाट विस्तारै मानिसहरु नर्मल लाइफ तिर फर्कन थालेकोले यस बर्ष झन व्यापार बढ्न सक्ने सम्वन्धित व्यवसायीहरुको दावी छ । हाल दैनिक २० देखि २५ किलोसम्म सुनको माग हुने गरेको छ ।

अन्य सामान्य दिनहरुमा भने प्रतिदिन १५ देखि २० किलो सुनको खपत नेपाली बजारमा हुने गरेको छ ।

विहीबार सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । अघिल्ले दिन तोलाको ९२ हजार रुपैयाँमा किनबेच भएको छापावाल सुन आज तोलाको ९२ हजार ४ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ९ सय पुगेको छ । यता चाँदीको भाउ भने स्थिर रहेको महासंघले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here