दूरसंचार प्राधिकरणले भन्यो : कात्तिक मसान्तभित्र पोलभाडा सम्झौता गरिसक्नु

११ कात्तिक, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले कात्तिक मसान्तभित्र पोल भाडा सम्झौता गर्न इन्टरनेट सेवाप्रदायक संस्थालाई भनेको छ । प्राधिकरणले बिहीबार सूचना जारी गर्दै नेपाल विद्युत प्राधिकरणसँग पोल भाडा सम्झौता गर्न निर्देशन दिएको हो । नेपाल विद्युत प्राधिकरणसँग सम्झौता नगरी टेलिफोन, इन्टरनेट सेवा सञ्चालन गरिरहेका सेवा प्रदायकले विद्युतका पोल प्रयोग गरेको स्थान, परिमाण र अवधि स्वय घोषणा गरी यही कात्तिक मसान्तभित्र प्राधिकरणसँग सम्झौता गर्नु सम्बन्धित सबैमा जानकारी गराइएको ,प्राधिकरणले जनाएको छ ।

विद्युत प्राधिकरणले बक्यौता रकम भुक्तानी गरी पोल भाडा सम्झौता गर्न सेवाप्रदायक कम्पनीलाई गत असोज १५ गतेसम्मको समय दिएको थियो । प्राधिकरणले दिएको समयमा सेवाप्रदायक कम्पनीले बक्यौता रकम भुक्तानी नगरेपछि गत असोज १७ गते काठमाडौंं उपत्यका लगायतका जिल्लामा इन्टरनेटको तार काटिएको थियो । इन्टरनेट सेवा प्रदायक कम्पनीले भने प्राधिकरणले आफू खुसी पोलको भाडा बढाएको भन्दै बढेको भाडा भुक्तानी नगर्ने अडान राखिरहेका छन् । सेवा प्रदायकले बक्यौता रकम र नयाँ सम्झौता नगर्ने अडान राख्दै आएकोमा नियामक निकायको रुपमा रहेको दूरसञ्चार प्राधिकरणले कात्तिक मसान्तभित्र सम्झौता गरिसक्न दिर्नेशन दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here