किन परिवर्तन गरियो फेसबुकको नाम ?

facebook name changed

कात्तिक १२, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले आफ्नो मुख्य कम्पनीको नाम परिवर्तन गरेको छ । यससँगै कम्पनी अब मेटा बाट चिनिने छ ।

कम्पनिका प्रमुख मार्क जुकरबर्गले अब फेसबुकको मुख्य कम्पनीको नाम मेटा हुने घोषणा गरेका हुन् । पछिल्लो समय बारम्बार डेटा लिक हुने तथा गलत सूचना सम्प्रेषण भएको भन्दै कम्पनीले स्थापनाको १७ बर्षपछी नामै परिवर्तन गर्ने घोषणा गरेको हो ।

कम्पनीको कर्पोरेट नाम परिवर्तन भएपनी सामाजिक सञ्जालका नाम भने परिवर्तन हुने छैन । मुख्य कम्पनिको नाम मेटा अन्तर्गत अब फेसबुक, इन्स्टाग्राम, म्यासेन्जर, ह्वाट्स एप रहने छन् ।

रिब्राण्डिङको योजना अन्तर्गत मुख्य कम्पनीको नाम परिवर्तन गरेको हो ।

मार्क जुकरबर्गले मेटा नामको घोषणा गर्दै अहिलेको नामले आफुहरुले गरिरहेको सबै कामको प्रतिनिधिन्त्व नगर्ने भएकाले नयाँ नाम राखेको बताएका छन् । साथै उनले नयाँ नामले समयक्रम सँगै आफ्नो प्रभाव देखाउने दावी गरे ।

बिहीबार नै कम्पनीले आफ्नो नयाँ लोगो पनि सार्बजनिक गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here