मध्य भोटेकोशीको सेयर बाँडफाँट, ८ लाख १९ हजार आवेदकलाई १०\१० कित्ता

कात्तिक १२, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधरण सेयर (आईपीओ)शुक्रबार बाँडफाँट भएको छ । कम्पनीले असोज २० गतेबाट असोज २५ गतेसम्म

सर्वसाधरणका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको आइपीओको बाँडफाँट भएको हो । कम्पनीले सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गरेको थियो ।
जसमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गरिएको हो ।

सेयर खरिदका आवेदन दिएकामध्य २२ लाख ९४ हजार ४९६ आवेदन स्वीकृत भएका छन् । स्वीकृत आवेदनमध्ये ८ लाख १९ हजार आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ ।

क्यापिटलका अनुसार कम्पनीको आइपीओमा २३ लाख ९० हजार २१८ लगानीकर्ताले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरको शेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये ९५ हजार ७२२ आवेदन रद्द भएका छन् ।

कम्पनीको आईपीओ बाँडफाँट बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यलयमा भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here