प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन ५ दिने अल्टिमेटम, कालो पट्टी बाँधेर विरोध गर्ने

कात्तिक १२, काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन ५ दिने अल्टिमेटम दिएको छ ।

बारको शुक्रबार बसेको बैठकले यस्तो अल्टिमेटम दिएको हो । साथै बारले दबावमुलक आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ ।

बार कार्यसमितिको बैठकले आइतबारदेखि बुधबारसम्म कालो पट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ । साथै सो आन्दोलनमा सक्रिय सहभागिता जनाउन उपत्यकाका कानुन व्यवसायीहरुलाई आह्वान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here