अफगानिस्तानबाट सबै नेपालीको उद्दार, शनिबार आए थप ३२ जना

फाइल तस्वीर

१३ कात्तिक, काठमाडौं । सरकारले अफगानिस्तानमा उद्धार मिसन सम्पन्न गरेको छ । त्यहाँ रहेका ३२ जना नेपाली नागरिक घर फर्कियसँगै सो मुलकमा रहेर नेपाल आउन चाहने सबै जना नेपाली नागरिक घर आएका छन् ।

परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेका अनुसार अब अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत नेपाली बाँकि छ । उनीहरु त्यहाँ सुरक्षित रुपमा रहन्छन् । तर, अन्य निकाय तथा मुलुकका लागि काम गरिरहेका नेपालीको भने उद्दार भएको छ ।

शनिबार बिहान अफगानिस्तानमा बाँकि रहेका ३२ जना नेपाली नागरिक विभिन्न दुई उडानबाट घर आएका छन् ।

दुबईबाट २९ जना नेपाल एयरलाइन्सको जहाजबाट आए भने ३ जना भने अर्को जहाजमा आएका थिए । परराष्ट्र मन्त्रालयका अनुसार तालिवानी लडाकूले अफगानिस्तानमा कब्जा गरेयता ९ सय ६ जना नेपाली नागरिक यसअघि काठमाडौं आइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here