नेप्सेको सीईओका लागि सरकारले आवेदन माग्यो, १५ दिनको म्याद

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन माग गरेको छ । छनौट समितिले शनिबार नेप्सेको सीईओका लागि आवेदन आब्ह्रान गरेको हो । खुला प्रतिस्पर्धाबाट नेप्सेको सीईओ नियुक्ति प्रकृया अगाडि बढाएको समितिले जनाएको छ ।

सरकारले अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ । समितिमा अर्थ मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पुर्व अध्यक्ष जीवनाथ धिताल सदस्य रहेका छन् ।

प्रमुख कार्यकारीका लागि अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त, लेखा, व्यवस्थापन वा वाणिज्य कानुन विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरी पुँजीबजार वा उद्योग वा वाणिज्य वा वित्त वा लेखा वा कानुन वा व्यवस्थापन क्षेत्रहरू मध्ये कुनै एक वा एक भन्दा बढी क्षेत्रमा कम्तीमा पा“च बर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ । आवेदक ३० बर्ष पुरा भइ ६० ननाघेको हनु पर्ने छ ।

छनौट समितिको सिफारिसमा मन्त्रपरिषदले प्रमुख कार्यकारी अधिकृत छनौट गर्ने प्रावधान छ ।

सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा संलग्न भएको आरोप लागेपछि नेप्सेका पूर्व कार्यकारी अधिकृत चन्द्रसिंह साउनले राजिनामा दिएपछि उक्त पद खाली थियो । यस्तै, सरकारले धितोपत्र बोर्डका अध्यक्ष पदका लागि पनि विज्ञापन खुला गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here