कोरोना संक्रमण दर घटेपनि मृत्युदर घटेन

तस्विर:गुगलबाट

१३ कात्तिक, काठमाडौ । नेपालमा कोरोना भाइरसको संक्रमणदर कम भएपनि मृत्युदर भने नघटेको आंकडाले देखाएको छ । पछिल्लो २४ घण्टामा २९७ जना कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । देशभर कुल ५ हजार ३१६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

उता, २ हजार ५९५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ७५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.४ प्रतिशत रहेको जनाएको छ । तर, यो अवधिमा कुल ११ जनाको मृतयु भएको छ ।

संक्रमणदर घटेसँगै मृत्युदर समेत कम हुनुपर्नेमा त्यो नभएको पाइएको छ । पछिल्लो २४ घण्टामा ९११ जनाले भने कोरोनालाई जित्न सफल भएका छन् । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल मानिसको संख्या ११ हजार ३९९ पुगेको छ ।

अब नेपालमा ९ हजार ५२६ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा एक लाख ७३ हजार ५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here