दोहोरो अंकले बढ्यो नेप्से, बैंकबाहेक सबै समुह हरियो

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । आज नेप्से परिसुचक ५५ दशमलव ५० अंकले बढेको हो । बजार खुलेदेखि नै उकालो लागेको बजार २ हजार ८ सय ३७ अंकमा पुगेर बन्द भएको हो ।

आईतबार कारोबार रकममा पनि सुधार आएको छ । आज ७ अर्ब ८२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बजारमा बैंकिङ बाहेक सबै समुहको परिसूचक उकालो लागेको छ । आइतबार ननलाइफ इन्स्योरेन्स समुह सबै भन्दा बढी ६०३ अंकले उकालो लागेको छ ।

त्यस्तै दोश्रोमा विकास बैंक ३३८ र तेस्रोमा उत्पादन समुह ३१० अंकले उकालो लागेको छ । यता बैंकि समुह भने २ दशमलव ९६ अंकले घटेको छ । आज बजारमा २३२ कम्पनीको १ करोड ३८ लाख कित्ता सेयर कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here