संसदको उपसचिव पदको परीक्षामा सबै परीक्षार्थी फेल, अन्तरर्वार्तामा शून्य सहभागीता

कात्तिक १५, काठमाडौं । लोकसेवा आयोगको संघीय संसदको उपसचिव पदमा भएको परीक्षामा सबै परीक्षार्थी फेल भएका छन् ।

आयोगले लिएको राजपत्रांकित द्धितीय श्रेणीको ३ पदको परीक्षामा कोही पनि उर्तिण हुन नसकेका हुन् ।

आयोगले २०७८ भदौ ८ र १८ गते परीक्षा लिएको थियो । ३ जना उपसचिव माग गरेकामा २ जनाले मात्र परीक्षा दिएका थिए । उनीहरु लिखित परीक्षा अनुर्तिण गरेका हुन् ।

त्यस्तै लिखितमा नै पास नभएकोले अन्तर्वार्ताका लागि कोही पनि छनोट नभएको आयोगले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here