१७ अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि सामान्य गिरावट

कात्तिक १५, काठमाडौं । सोमबार सेयर बजार १७ दशमलव ७५ अंकले ओरालो लागेको छ ।

आइतबार ५५ दशमलव ५० अंकले बढेको सेयर बजार आज भने घटेर २ हजार ८ सय १९ दशमलव ८६ अंकमा झरेर बन्द भएको हो । सेयर कारोबारमा पनि समान्य गिरावट आएको छ ।

आज ७ अर्व ७७ लख ७५ हजार रुपैयाँ बराबरको भएको छ । सो दिन २ सय २६ कम्पनीको १ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

सोमबार कारोबारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लागेको छ । सो दिन उत्पादन समुहको परीसुचक सबैभन्दा बढी १ सय २० अंकले घटेको छ ।

त्यस्तै लाइफ इन्स्योरेन्स समुह ११५ दशमलव ७५,जलविद्युत ७४ दशमलव १९, ननलाइफ इन्स्योरेन्स ५४ दशमलव ५९ अंकले ओरालो लागेको छ ।

यता बैंकिङ, होटल र लगानी समुह भने उकालो लागेको छ । बैंकिङ, होटल र लगानी समुह क्रमशः ४ दशमलव ६९, ७ दशमलव ७९ र ० दशमलव ३५ अंकले घटेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here