कोरोनाबाट थप ९ जनाको मृत्यु, ४ सय ४१ जना संक्रमित

कात्तिक १५, काठमाडौं । देशभर थप ५ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ४ सय ६८ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ४१ जनामा कोरोना देखिएको थियो ।

साथै ४ हजार १ सय ९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ गरी ५३३ जनामा कोरोना संक्रमण पुष्‍टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । त्यस्तै ४ सय९० जना निको भएर घर फर्किएका छन् ।

यससंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ७ हजार ६३८ पुगेको छ । तयस्तै संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९२ हजार २ सय ७७ पुगेको छ । ११ हजार ४१६ जनाको हालसम्म कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार देशभर देशभर ९ हजार ३१८ जना सक्रिय संक्रमित रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here