तिहारमा काठमाडौं छाडेर बाहिरिने यात्रुलाई चार नाकामा कोरोना खोप

१६ कात्तिक, काठमाडौं । सरकारले तिहार मनाउन काठमाडौंबाट घर जाने यात्रुहरुलाई कोरोना विरुद्धको खोप लगाउन शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्थानमा कोरोनाविरुद्धको खोप कार्यक्रम सन्चालन गरेको जनाएको हो ।

मंगलबारबाट कोटेश्वर चोक, गोंगबुस्थित नयाँबसपार्क, बल्खु चोक र कलंकी चोकमा यात्रुहरुलाई कोरोनाविरुद्धको खोप निःशुल्क दिन सुरु गरिएको बताइएको छ । खोपको यो कार्यक्रम मंगलबार र बुधबार गरि दुई दिन चल्ने छ ।

खोप कार्यक्रम बिहान साढे ७ बजेदेखि चार बजेसम्म सन्चालन हुने बताइएको छ । यात्रुले उमेर खुल्ने परिचय पत्र देखाएमा सहजै खोप पाउने भएका छन् । यसले एकसाथ हजारौं मानिसमा खोप पुर्याउन सकिने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here