अल्मुताइरीले गरे सम्झौतामा हस्ताक्षर, तीन वर्ष राष्ट्रिय टिमको मुख्य प्रशिक्षक रहने

कात्तिक १६, काठमाडौं । नेपााली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ३ वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन् ।

अब उनी सन् २०२४ सम्म राष्ट्रिय टिमको मुख्य प्रशिक्षक रहनेछन् ।

१ नोभेम्बरबाट सुरु भएको नयाँ सम्झौता २०२४ को अन्त्यसम्म कायम रहने बताइएको छ ।

अम्मुताइरीले माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनल खेल्नुअघि नेपाल छाड्ने घोषणा गरेका थिए । तर अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले उनलाई कतार पुगेर भेटेपछी सकारात्मक प्रतिक्रिया दिएका थिए ।

साथै कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि मुख्य प्रशिक्षक अम्मुताइरी नयाँ सम्झौताका लागि सहमत भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here