२३ अंकले उकालो लाग्यो सेयर बजार, किन घट्यो कारोबार?

कात्तिक १६, काठमाडौं । मंगलबार नेप्से गरिसुचक २३ दशमलव ७६ अंकले उकालो लागेको छ ।

सो दिन सेयर बजार २ हजार ८ सय ४३ अंकमा पुगेर बन्द भएको हो । आज ६ अर्ब ७ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २ सय ३० कम्पनीको ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

मंगलबार कारोबारमा आएकामध्ये बैंकिङ,ट्रेडिङ र लगानी समुह बाहेक अन्य सबै समुह उकालो लागेको छ ।

सो दिन सबै भन्दा बढी विकाश बैंक समुह १९१ दशमलव ३३ अंकले बढेको छ । त्यस्तै लाइफ इनस्योरेन्स १५९ दशमलव ८७ अंकले बढेको छ । त्यस्तै नन लाइफ इन्स्योरेन्स १५७ दशमलव ७३ र अन्य समुह ७२ अंकले बढेको छ ।

१ सय ३१ कम्पनीको मूल्य बढेको छ। १२ कम्पनीको मूल्य स्थिर रहेको छ। बाँकी कम्पनीको सेयर मूल्य घटेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here