२४ घण्टामा कोरोना भाइरसबाट ११ जनाको मृत्यु , थप ४ सय ६९ जनामा संक्रमण

कात्तिक १६, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा थप ४ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार ७ हजार १ सय १५ पीसीआर परीक्षणमा ४ सय २२ र ३ हजार १ सय ७२ एन्टिजेन परीक्षणमा ४७ जना गरी ४ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यता पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ५ सय ५५ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १ सय ७४ रहेको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ८ हजार १०७ पुगेको छ । त्यस्तै मृत्‍यु हुनेको संख्या ११ हजार ४२७ पुगेको छ । ७ लाख ९२ हजार ८३२ जना संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमितहरु ८ हजार ४ सय ६८ जना होम आइसोलेसनमा रहेका छन् । ७ सय ६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २४१ जना आईसीयू र ७४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ९९, ललितपुरमा ३६, कास्कीमा ३३, झापामा ३०, रुपन्देहीमा २९ कोरोना संक्रमित छन् । त्यस्तै चितवनमा २७, मोरङमा २५, सुनसरीमा २२ र नुवाकोटमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here