नबिल बैंकले दिने भयो चार वर्ष यताकै उच्च लाभाशं, ३८ प्रतिशत प्रस्ताव

१६ कात्तिक, काठमाडौं । नबिल बैंकले चार वर्ष यताकै सबैभन्दा उच्च दरमा लाभाशं वितरण गर्ने भएको छ । बैंकको संचालक समितिको बैठकले मंगलबार लगानीकर्ताका लागि बम्पर लाभाशं घोषणा गरेको हो ।

कुल ३८ प्रतिशत लाभांश दिने घोषणा गरेको बैंकले कर प्रयोजनसहित ४.४ प्रतिशत नगद र ३३.६ प्रतिशत बोनस सेयर दिने भएको हो ।

बैंकको यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्छ । वाणिज्य बैंक मध्ये गत वर्षको आम्दानीबाट नबिलले सर्वाधिक लाभाशं दिएको हो । बैंकको अहिले १३ अर्ब ८४ करोड रुपैयाँ चुक्ता पुँजी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here