चीनले नेपाललाई दियो थप १६ लाख डोज कोरोना खोप

१७ कात्तिक, काठमाडौं । चीनले नेपाललाई १६ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा बुधबार चिनियाँ राजदूत होउ याञ्छीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गरेकी छिन् ।

खोप हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्री खतिवडाले नेपाल–चीन सम्बन्धमा नयाँ इँटा थपिएको बताए । खतिवडाले चीन सरकार र राजदूत होउ यान्छीलाई धन्यवाद प्रदान गरे ।

चीनबाट हालसम्म पटक पटक गरी ३४ लाख डोज खोप अनुदानमा आएको छ । कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डोज खरिद गरेको छ । जसमध्ये १० लाख २० हजार डोज खोप आइसकेको छ भने अरू आउने प्रक्रियामा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here