किमाथाङ्का नाका व्यवस्थित गर्ने अर्थमन्त्रीको प्रतिवद्धता

१७ कात्तिक, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संखुवासभाको किमाथाङ्का नाका व्यवस्थित गरि संचालनमा ल्याउने तयारी रहेको बताएका छन् । खाँदबारीमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अरुण करिडोरको निर्माणसँगै चीनसँगको नाका किमाथाङ्कालाई व्यवस्थित गरिने बताएका हुन् ।

अरुण करिडोरको निर्माणले संखुवासभामा विकासको ढोका खुल्ने विश्वास उनले व्यक्त गरे । संखुवासभामा अथाह प्राकृतिक स्रोत साधन रहेको भन्दै मन्त्री शर्माले त्यसको उपयोगबाट जिल्लालाई धनी बनाउन मद्दत पुग्ने समेत बताए ।

अर्को एक कार्यक्रममा उनले अरुण नदीबाट उत्पादित विद्युतले नेपालको अर्थतन्त्र मजबुद बनाउने विश्वास व्यक्त गरे । अरुणबाट उत्पादित विद्युतले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने र अर्थतन्त्र मजबुद बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here