तिहारको तेस्रो दिन आज, लक्ष्मी पुजा गरिँदै

कात्तिक १,काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारको आज तेस्रो दिन आज देशभर दीपावली तथा लक्ष्मीपुजा गरिँदैछ ।

आज घरको आँगन तथा पिँढी गाइको गोबरले लिपेर सफा बनाइन्छ । त्यस्तै घरका झ्याल ढोका तथा साथै पानी सार्न प्रयोगगर्ने गाग्री लोटा सयपत्री फूलका माला लगाएर सिगार्ने गरिन्छ ।

त्यस्तै आज साँझ घरको मुलढोकादेखि पूजा कोठासम्म चालको पिठोबाट लक्ष्मीको पाइला बनाउने तथा झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ ।

दीपावलीपछि घरको पूजा कोठामा आफूसँग भएका सुन चाँदीका गरगहना, नगद तथा फलफूल राखेर धनकी देवी लक्ष्मीको धुमधाम पूजाअर्चना गरिन्छ ।

लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आथिर्क संकट नपर्ने मान्यता छ । घरघरमा हर्षोल्लासपूवर्क भैलो खेल्ने परम्परा छ । कुल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here