कुल निक्षेपको ६८.१ प्रतिशत र कुल कर्जाको ५६.६ प्रतिशत बाग्मती प्रदेशमा

कात्तिक २१, काठमाडौं । नेपालभरको कुल वित्तीय कारोबारका आधा भन्दा बढी बाग्मती प्रदेशमै केन्द्रीत रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको अध्ययन प्रदेशवेदन अनुसार क’, ख’ र ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा पहुँच तथा साधन परिचालन बाग्मती प्रदेशमा अधिकेन्द्रित रहेको देखाएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा न्यून देखिएको छ ।

‘आर्थिक वर्ष २०७७\७८ मा बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्यामध्ये सबैभन्दा बढी ९३४ प्रतिशत बाग्मती प्रदेशमा र सबैभन्दा कम ९४ प्रतिशत कर्णाली प्रदेशमा रहेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

यस्तै, बैंक तथा वित्तीय संस्थाबाट परिचालन भएको कुल निक्षेपको ६८।१ प्रतिशत र कुल कर्जाको ५६।६ प्रतिशत बाग्मती प्रदेशमा रहेको प्रतिवेदनमा उल्लेख छ । कर्णाली प्रदेशमा निक्षेप परिचालन र कर्जा प्रवाह दुवै न्यून रहेको देखिएको छ ।
यस्तै, विद्युतीय भुक्तानी ९डिजिटल बैकिङ० कारोबारमा पनि बाग्मती प्रदेश अघि रहेको अध्ययनले देखाएको छ । जसअनुसार गत असारसम्म कुल विद्युतीय कारोबारमध्ये ७१ प्रतिशत पीओएस ९पोइन्ट अफ सेल० टर्मिनल बाग्मती प्रदेशमा रहेका छन् । सोही अवधिमा कर्णाली प्रदेशमा ०।८ प्रतिशत पीओएस टर्मिनल रहेका छन् ।

बैंक तथा वित्तीय संस्थामा खुलेका निक्षेप र कर्जा खाताको संख्याका आधारमा पनि बाग्मती प्रदेश सबैभन्दा अघि छ । ‘गत असारसम्म खुलेका निक्षेप खातामध्ये सबैभन्दा धेरै हिस्सा बाग्मती प्रदेशमा ३८।७ प्रतिशत र कर्णाली प्रदेशमा सबैभन्दा कम ३।१ प्रतिशत रहेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

यसैगरी, मुलुकभर खुलेका कुल कर्जा खातामध्ये सबैभन्दा बढी ३५।१ प्रतिशत बाग्मती प्रदेश र सबैभन्दा कम २।५ प्रतिश कर्णाली प्रदेशमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here