कोरोना दावी भुक्तानी पुनः सुरु गर्न अर्थमन्त्रालयलाई समितिको दुई विकल्प

कात्तिक २१, काठमाडौं । बिमा समितिले लामो समयदेखि लामो रोकिएको कोरोना बिमाको भुक्तानी पुनः सुरु गर्न अर्थ मन्त्रालयमा दुई विकल्प पेस गरेको छ । अर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा बीमा समितिले तिहारअघि दुई विकल्प पेस गरेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार समितिले पेस गरेकामध्ये पहिलो विकल्प यस्तो छ ।

-राष्ट्र सेवक कर्मचारीको बीमा नेपाल सरकारको स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा भएको हुँदा सोही कम्पनीबाट दाबी भुक्तानी गर्ने व्यवस्था मिलाउने उल्लेख छ । सरकारले तिर्नु पर्ने दायित्वको समयावधी सरकारले नै तोकी भुक्तानी गर्न निर्देशन दिने भनिएको छ ।

-त्यस्तै बुँदा नं. १ बाहेक हुन आउने बाँकी दायित्व रकमलाई शतप्रतिशत मानी सो को ५० प्रतिशतले हुनआउने रकम नेपाल सरकारले निकासा गरी दावी भुक्तानी गर्ने ।

-बुँदा नं. १ बाहेक हुनआउने बाँकी दायित्व रकमलाई शतप्रतिशत मानी सो को १० प्रतिशतले हुनआउने रकम बीमा समितिको कोषमा भएको रकमबाट निकासा गरी दावी भुक्तानी गर्ने ।

-बुँदा नं. १ बाहेक हुन आउने बाँकी दायित्व रकमलाई शतप्रतिशतमानी सो को १० प्रतिशतले हुनआउने रकम नेपाल पुनर्बीमा कम्पनीको कोषमा भएको रकमबाट निकासा गरी दावी भुक्तानी गर्ने ।

-बुँदा नं. १ बाहेक हुन आउने बाँकी दायित्व रकमलाई शतप्रतिशतमानी सो को ३० प्रतिशतले हुनआउने रकम सबै निर्जीबन बीमा कम्पनीहरुबाट कोरोना बीमालेख जारी गरेको आधारमा समानुपातिकहिसाबले हुने गरी दावी भुक्तानी गर्ने ।

विकल्प नं.२

कुल भुक्तानी हुन बाँकी रकम रु. ११ अर्ब ४३ करोड ९६ लाख ६३ हजार ८ सय ९२ यसरी बाँडफाँड गर्ने ।
नेपाल सरकार – ५५%
नेपालपुनर्बीमाकम्पनी – १२% (कुलप्रिमियमको २०% प्रत्यक्ष हिस्साको पुनर्बीमागरिएको हुँदा)
बीमाकम्पनीहरु – २५% (सबै निर्जीवनबीमाकम्पनीहरुले समानुपातिक रुपमा भुक्तानी गर्नु पर्ने)
बीमा समिति – ८% (अर्थ मन्त्रालयको निर्देशनबमोजिम समितिको कोषबाट व्यहोर्नेे)

कोरोना बिमाको मापदण्डअनुसार सरकारले ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गर्नुपर्ने छ । सरकारबाट पैसा नआएको भन्दै बिमा कम्पनीहरूले भुक्तानी रोकेका छन । हालसम्म करिब १ लाख बिमितको बिमा भुक्तानी दिन बाँकी रहेको समितिले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here