यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११८ रुपैयाँ ८४ पैसा

काठमाडौं, २२ कात्तिक । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिदद ११८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४४ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ७१ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९३ रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रीदर ३९३ रुपैयाँ ७३ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६३ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ८० पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ २१ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १५ रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १६ रुपैयाँ ८० पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here