दोहोरो अंकले घट्यो नेप्से,पाँच कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, २२ कात्तिक । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से १९.२० अंकले घटेर २८२९.६५ विन्दुमा आइपुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार २३० कम्पनीको ४ अर्ब ४२ करोड ७ लाख १९ हजार १०३ रुपैयाँ बराबरको ७२ लाख ७ हजार ३९६ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ समूह मध्ये ३ वटाको परिसूचकमा हरियाली छाएको छ । भने १० वटाको परिसूचक घटेको छ । बैंकिङ समूहको शेयर १९ अङ्कले, विकास बैंकको ७०, होटलको २९ घटेको छ । फाइनान्सको २१ अंकले बढेको छ । माइक्रोफाइनान्सको ५५ र जलविद्युत् समूहको शेयर १३ अङ्कले घटेको छ ।

यस्तै उत्पादन समूहको शेयर २९ अङ्कले, जीवन बीमा समूहको एक सय अङ्कले, निर्जीवन बीमा समूहको एक सय ३७ र अन्य समूहको शेयर २३ अङ्कले घटेको छ ।

आज महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ५२ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, नबिल बैंकको २२ करोड र आइसीएफसी फाइनान्स २२ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

कारोबार भएका कम्पनीमध्ये पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने साहस उर्जा कम्पनी, आइसीएफसी फाइनान्स, तेह्रथुम पावर कम्पनी, मानुषी लघुवित्त वित्तिय संस्था र महालक्ष्मी विकास बैंक रहेका छन् । आज यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ ।

यस्तै, कर्णाली डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो र लुम्बिनी विकास बैंकका शेयरधनीले ७ प्रतिशत कमाएका छन् ।

त्यस्तै, आज सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्थाको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here