थप ३९० जनामा कोरोना पुष्टी, ४२५ जना संक्रमण मुक्त

काठमाडौं, २२ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ३९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६०६ पीसीआर परीक्षण गर्दा ३७१ जना र २४२० एन्टिजेन परीक्षण गर्दा १९ गरी ३९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १४ हजार ९२९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४२५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९५ हजार ८२२ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार ६५४ रहेको छ ।

पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ४ सय ५३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here