प्राइम कमर्सियल बैंकको लाभांश घोषणा

काठमाडौं, २३ कात्तिक । प्राइम कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ ।

बैंकले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत बोनस र ०.६३१३ प्रतिशत नगद (कर प्रयोजनको लागि) गरी कुल १६.६३१३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

यो लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीलाई वितरण प्रक्रिया अघि बढाइनेछ । गत वर्ष बैंकले १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here