सनराइज बैंकको लाभांश घोषणा

काठमाडौं, २३ कात्तिक । सनराइज बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७८/७८ को मुनाफाबाट सेयरधनीहरुलाई ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई बैंकको आगामी साधारणसभाले पारित गर्ने पश्चात वितरण हुनेछ । बैंकले घोषणा गरेको लाभांश मध्ये यो नै अहिलेसम्मकै कम हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here