शेयर बजारमा उच्च अंकको गिरावट, धेरै गुमाउने विकास बैंक र फाइनान्सका लगानीकर्ता

काठमाडौं, २३ कात्तिक । साताको कारोबारको दोस्रो दिन शेयर बजारमा पहिरो गएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७९.७९ अंकले घटेर २७४९.८६ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२५ कम्पनीको ६ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५४७ रुपैयाँ बराबरको १ करोड, १९ लाख १७ हजार ७७ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएका छन् । धेरै गुमाउने फाइनान्स र विकास बैंकका लगानीकर्ता रहेका छन् ।

बैंकिङ समूहको शेयर ३५ अङ्कले, विकास बैंकको २ सय ९७, होटलको १ सय १७ फाइनान्सको १ सय ४४, माइक्रोफाइनान्सको एक सय ५७ र जलविद्युत् समूहको शेयर एक सय १ अङ्कले घटेको छ ।

यस्तै उत्पादन समूहको शेयर एक सय ८६ अङ्कले, जीवन बीमा समूहको तीन सय ९७ अङ्कले, निर्जीवन बीमा समूहको चार सय ६४ र अन्य समूहको शेयर ८० अङ्कले घटेको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने साहस उर्जा कम्पनी, तेह्रथुम पावर कम्पनी र महिला लघुवित्त वित्तय संस्था रहेका छन् । आज यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ ।

त्यस्तै, आज आइसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।

आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ । आज कारोबार रकमको आधारमा नबिल बैंक लिमिटेडले सर्वाधिक कारोबार गरेको छ । बैंकले २९ करोड ८२ लाख ८१ हजारभन्दा बढीको कारोबार गरेको छ ।

यस्तै, साहस ऊर्जाको साढे २५ करोड र अपी पावरको २२ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here