मेगा बैंकको लाभांश घोषणा

काठमाडौं, २३ कात्तिक । मेगा बैंकले लाभांश घोषणा गरेको छ ।

बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १२.०७ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७८/७८ को मुनाफाबाट सेयरधनीहरुलाई एक अर्ब ७६ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकल नगद लाभांश भने प्रस्ताव गरेको छैन ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई बैंकको आगामी साधारणसभाले पारित गर्ने पश्चात वितरण हुनेछ ।

हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर पश्चात बैंकको चुक्ता पुँजी १६ अर्ब ४१ करोड रुपैयाँ नाघ्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here