बैंकर्स संघमा अनिलकुमार उपाध्यायको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौं, २३ कात्तिक । नेपाल बैंकर्स संघमा नयाँ कार्यसमिति चयन भएको छ ।

मंगलबार भएको संघको साधारणसभाले आगामी दुई वर्षका लागि कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको हो ।

उपाध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् ।

संघको सदस्यमा लक्ष्मी बैंकका अजयकुमार मिश्र, मेगा बैंककी अनुपमा खुञ्जेली, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, नेपाल एसबीआई बैंकका दीपककुमार दे, सनराइज बैंकका सुनम शर्मा, माछापुच्छ्रे बैंकका सन्तोष कोइराला र एनआईसी एसिया बैंकका रोशनकुमार न्यौपाने चयन भएका छन् ।

यस्तै, संघका पूर्व अध्यक्षहरू अनिश केशरी शाह, अशोक शम्शेर राणा र ज्ञानेन्द्र प्रसाद ढुङ्गाना सल्लाहकारमा रहेका छन् । बैंकर्स संघ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here