न्युजिल्याण्डविरुद्ध रोहित शर्माको कप्तानीमा भारतीय टिमको घोषणा, को-को परे ?

काठमाडौं, २३ कात्तिक । न्युजिल्याण्डविरुद्धको टी-२० सिरिजका लागि रोहित शर्माको कप्तानीमा भारतीय क्रिकेट टिमको घोषणा गरिएको छ।

१७ नोभेम्बरबाट शुरु हुने सिरिजका लागि बिराट कोहलीलाई आराम दिइएको छ। विश्वकपसँगै कोहलीले कप्तानी छाडेपछि रोहितले सिरिजका लागि कप्तानी सम्हाल्न लागेका हुन्।

जारी टी-२० विश्वकपमा खराब प्रदर्शनपछि भारतले सिरिजका लागि तयारी शुरु गरेको हो।

भारतीय टोलीमा युवा खेलाडीहरुले अवसर पाएका छन्। जसमा वेङकटेस ऐय्यर, आवेश खान, हर्षल पटेल, ऋतुराज गाइक्वाड लगायतका खेलाडी छन्।

टोलीमा रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), ऋतुराज गाइक्वड, श्रेयस ऐय्यर, सूर्यकुमार यादव, ऋषभ पन्त, इसान किसन, वेंकटेस ऐय्यर, युजवेन्द्र चहल, रविचन्द्रन अश्विन, अक्षर पटेल, आवेश खान, भुवनेश्वर कुमार, दीपक चाहर, हर्षल पटेल, मोहम्मद सिराज रहेका छन् ।