सुनको भाउ बढ्यो, चाँदी स्थीर

काठमाडौं, २४ कात्तिक । नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला चार सय रुपैयाँले बढेको हो ।

बुधवार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७०० कायम भएको छ ।

मंगलवार ९२ हजार ३०० मा कारोबार भएको थियो । तेजावी सुनको भाउ प्रतितोला ९२ हजार २०० पुगेको छ । मंगलवार ९१ हजार ८०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर छ । चाँदी मंगलवार प्रतितोला १२५० मा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here