जनगणनामा ४ अर्ब खर्च लाग्ने, लिपुलेक-लिम्पियाधुराको गणना अनुमानित

काठमाडौं, २४ कात्तिक । बिहीबारदेखि सञ्चालन हुने १२ औं राष्ट्रिय जनगणनाको तयारी पूरा भएको छ।

जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ। जसको लागि ४ अर्ब रुपैयाँ खर्च हुने जनाइएको छ । गणक सुपरिवेक्षणका लागि १ अर्ब ६० करोड खर्च हुने भएको छ । बाँकी अन्य तयारीका लागि खर्च हुने विभागले जनाएको छ ।

भारतले मिच्दै आएको दार्चुलास्थित कालापानी, लिपुलेक र लिम्पियाधुरामा यो पटक जनगणना नहुने भएको छ।

भारतले जनगणनाका लागि अनुमति नदिए अनुमानको आधारमा गणना गर्ने तयारी गरिएको हो । अन्य स्रोतमा आधारित रहेर गरेको प्रक्षेपणमा लिपुलेक-लिम्पियाधुरा क्षेत्रमा ७ देखि ८ सय जनसंख्या रहेको अनुमान गरिएको छ।

उक्त क्षेत्रमा झन्डै ६ दशकयता भारत सरकारले कब्जा जमाउँदै आएकाे थियाे । तत्पश्चात् उक्त क्षेत्रलाई समेत समेटेर ०७७ जेठ ५ गते बसेकाे मन्त्रिपरिषद् बैठकले नेपालकाे नयाँ नक्सा पारित गरेकाे थियाे । त्यसपछि नेपालले नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेकाे थियाे ।

केन्द्रीय तथ्याङ्क विभागले हरेक दश वर्षमा राष्ट्रिय जनगणना अभियान चलाउने गरेको छ। नेपालमा वि.सं. १९६८ देखि जनगणना संचालन हुँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here